arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुर र बालकृष्णसहित १६ जना कारागारमा, लक्ष्मी र टंक धरौटीमा रिहा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
nakkali-bhutani-sharanarthi-prakaran-17.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनी प्रहरीले मुद्दा चलाएका १८ जनामध्ये १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ । पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडसहित १६ जनालाई थुनामा पठाउने आदेश भएको हो । 

उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइने छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा एक साता बढी समय चलेको बहस र सुनुवाइपछि शुक्रबार साँझ १६ जनालाई पूर्पक्षका लागि थुनामा पठाउँदा दुई जनालाई भने धरौटीमा रिहा गर्ने आदेश भएको हो । 

आरोपी लक्ष्मी महर्जन र टंक गुरुङलाई भने धरौटीमा रिहा गर्न आदेश भएको हो । महर्जनसँग अदालतले ५ लाख धरौटी मागेको छ भने गुरुङसँग १० लाख धरौटी मागेको छ । 

बाँकीको धरौटी मागसमेत अश्वीकार भएको छ । आरोपीका पक्षबाट १२० जना अधिवक्ताले बहस गरेका थिए । 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा मुछिएका भनिएका ३० मध्ये १८ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको हो भने बाँकी १२ अझै फरार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ