arrow

बेचन झाबाट पनि नखुलेको भुटानी शरणार्थी प्रकरणको त्यो पाटो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
bechan-jha-nakkali-bhutani-prakaran.jpg

काठमाडौँ । वर्तमान सरकार गठनको पूर्वसन्ध्यामा पक्राउ परेका बेचन झाको अनुसन्धानले भीभीआईपी पक्राउ पर्ने अपेक्षा गरिएको भए पनि अनुसन्धानबाट कुनै पनि त्यस्तो प्रमाण फेला परेको छैन । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहसचिव टेकनारायण पाण्डेले बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिने बताएपछि राजनीतिक तहका उच्च नेताहरुसम्म पुग्ने ‘नेक्सस’, खुल्ने अपेक्षा तुहिएको छ । 

‘अपेक्षा थियो, भ्रम थियो, सबै सकियो, उनले दिएको बयान र तथ्य प्रमाणले कोही कसैलाई छोएकोछैन, दुई करोडको चेक लिएको भए पनि साटिएको देखिएन’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको आरोपपत्रमा पनि कोही कसैलाई दोषी नदेखाई उनलाई थुनामा राख्ने आदेश माग गरिएको छ । 

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अरोपमा प्रहरीले गत वर्ष पूर्वगृहसचिव पाण्डेसहित पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतलाई पक्राउ गरेको थियो । 

यो प्रकरणमा पक्राउ परेका धेरैजसो धरौटी बुझाएर छुट्दासमेत पाण्डे र रायमाझीसहितका प्रतिवादीहरू भने अहिले पनि पुर्पक्षका लागि केन्द्रीय कारागारमै छन् । 

पछिल्लो पटक पक्राउ परेका पूर्व गृहमन्त्रीका छोरा प्रतीक थापा पनि केन्द्रीय कारागारमै रहेका छन् । सचिव पाण्डेले माथिल्लो तहसम्मको चेन खुल्ने संकेत गर्दै बयानमा भनेका व्यक्ति बेचन झा पनि अहिले पक्राउ परेका भए पनि केही पनि नखुल्दा अपेक्षित व्यक्तिहरु छुटेको शंका गरिएको छ । 

बेचन झालाई प्रहरीले ४७ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । झा पक्राउको असर सत्ता परिवर्तनसम्म जोडिएको आरोप विपक्षी दलहरूले लगाउँदै आएका छन् । 

प्रचण्ड सरकार ढल्नु केही दिनअघि मात्रै झा पक्राउ परेका थिए । झालाई पक्राउ गरेपछि भुटानी शरणार्थी प्रकरणको लहरो कांग्रेस र एमालेको उच्च तहसम्म पुग्ने भएकाले यसबाट जोगिन उनीहरूले सत्ता साझेदारी गरेको आरोप सत्ताबाट बाहिरिँदै गर्दा माओवादी र रास्वपाले लगाएका भए पनि कुनै प्रमाण फेला नपरेको प्रहरी अनुसन्धानले देखाएको छ । 

झालाई पक्राउ गर्ने विशेष ब्युरोका डीआईजी मनोज केसीको सरुवा र सीआईबी प्रमुखबाट श्यामलाल ज्ञवालीलाई हटाउनु पनि यसको असर रहेको उनीहरूको आरोप भए पनि प्रहरी प्रधान कार्यालयले चेन अफ कमाण्ड उल्लंघन गरेको जनाएको छ ।
 
नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाको संलग्नता खुलाउने रामशरण केसीले भनेजस्तो प्रमाण पनि नभेटिएको प्रहरीले जनाएको छ ।  

केसीले नै बेचनलाई २ करोड रूपैयाँको चेक दिएको भनिएको थियो । चेक लिएको भए पनि नसाटिएको प्रहरीले जनाएको छ । 

प्रहरी अनुसन्धान मुख्यगरी यही विषयमा केन्द्रित भएको पाइएको छ । टेकनारायणसँग सोधपुछ नै नगरेको प्रहरीले चेकको विषयमा भने चेक दिने, चेक दिँदा भिडिओ खिच्ने र चेक साट्न बैंक जाने व्यक्तिसँग पनि सोधपुछ गरेको छ । 

गत वर्ष पक्राउ परेका केसी धरौटीमा रिहा भएका थिए । बेचनलाई पक्राउ गरिसकेपछि केसीलाई बोलाएरै प्रहरीले कागज गराएको थियो ।

‘मैले २०७८ मंसिर ८ गते रातको ८ बजेको समयमा मेरो नामको हिमालयन बैंकको खाताको रु. २ करोडको चेक लिने बेचन झा नाम गरेका व्यक्ति हाल मेरो सामुन्ने उपस्थित भएका यिनै व्यक्ति हुन्’, रामशरण केसीले भने सँगै बयानमा भनेका छन् ।

भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई अमेरिका लैजानका लागि २०७८ मंसिर १३ गतेको मन्त्रिपरिषदको बैठकबाट केही निर्णयहरू हुन लागेको र उक्त निर्णय गराउने काम बेचन झाले गर्ने यसअघिका अर्का प्रतिवादी सानु भण्डारीले बताएका थिए । 

उनले निर्णय गराउने बेचन झालाई २ करोडको चेक दिन भनेकाले आफूले चेक दिएको रामशरणले बताएका थिए । 

बेचनलाई चेक दिन जाँदा मोबाइलमा भएको कुराकानीको २ वटा अडिओ र चेक दिइसकेपछि मन्त्रिपरिषदबाट निर्णय भए नभएको बारेमा कुराकानी गर्दाको रेकर्ड पनि प्रहरीमा पेश भएको छ ।

रामशरण केसीले टेलिफोनका क्रममा रेकर्ड गरेको अडिओ आफ्नो नभएको बेचनले बयान दिएका छन् । उनले उक्त अडिओ आफ्नो नभएको दाबी गर्दै परीक्षण गर्न पनि तयार भएका थिए तर पोलिग्राफ लिन भने मानेका थिएनन् । 

प्रहरी अनुसन्धानका क्रममा भने रामशरणको मोबाइल नम्बरबाट बेचनकै मोबाइल नम्बरमा टेलिफोन कुराकानी भएको दाबी गरिएको छ । 

बेचनलाई बयानका क्रममा झुट बोलेको हुन सक्ने भन्दै प्रहरीले पोलिग्राफ परीक्षणका लागि पनि पठाएको थियो । तर बेचनले पोलिग्राफ गर्न अस्वीकार गरेका थिए ।

यस्तो थियो बेचन विरुद्धको आरोपपत्र–

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ