arrow

पाँचथरको पहिरोबाट उद्धार गरिएकी बालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
badhi-pidit-panchthar-2080-3-03.jpg
हेंवा खोलामा आएको बाढीले आफ्नो दुई तल्ले घर बगाएपछि बालबच्चाका साथमा दुःखी मुद्रामा बसेकी फिदिम ४ की रीता कटवाल, रासस

मिक्लाजुङ । पाँचथरको फालेलुङ गाउँपालिका–३ मा पहिरोमा परेर जीवित उद्धार गरिएकी नौ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीयवासीले फालेलुङ–३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आइतबार बिहान जीवितै उद्धार गरेका थिए । 

जुना मनप्रसादकी नातिनी हुन् । उनी मावली घरमा बसेर स्थानीय विद्यालयमा अध्ययन गर्दै आएकी थिइन् । बिहान जीवित उद्धार गरिएकी जुना सावदेनको पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

मध्यरातमा घर माथिबाट खसेको पहिराले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फँसेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ