arrow

'प्रेम चलाउनेलाई न्याय दे' भन्दै अदालत भित्रै नाराबाजी लागेपछि (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
prem chalaune-andolan.jpg

काठमाडौँ । 'प्रेम चलाउनेलाई न्याय दे' भन्दै काठमाडौँ जिल्ला अदालत भित्रै आन्दोलन भएको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने विगत ५ वर्षदेखि न्याय माग्दै अदालतको चक्कर काटेको तर अदालतमा विचाराधिन मुद्धा फिर्ता लिएको भन्दै आन्दोलन गरेका हुन् । 

आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निणर्यविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । 

सोमबार अदालतभित्र होहल्ला र नाराजुलुस गरेको भन्दै प्रहरीले चलाउनेलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नुअघि उनले आफूले यो मुद्दामा ५ वर्ष चक्कर काटिसकेको र अझै न्याय नपाएको बताए ।

उनले देशमा न्याय मरेको र मानवता हराएको बताए । उनले आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो गरे । आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निणर्य गरेपछिको आफूले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए । सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको आरोप उनको भनाइ छ ।

उनले भने, ‘म अदालतको चक्कर काटेको ५ वर्ष भयो । यो देश गुण्डाहरुले राज गरेको देश रहेछ । यहाँ न्याय पनि केही पाइँदो रहेनछ । सरकारले सत्य, न्याय, मानवता मारेको छ । म न्याय खोज्न कहाँ जाउँ ? अदालतमा दर्ता भएको मुद्दा सरकारले फिर्ता लियो । अब म न्याय खोज्न कहाँ जाउँ ? त्यसले म समाजमा न्याय खोज्न आएँ । मेरा सबै बाटो बन्द भए । जे गर्छ अदालतले गर्छ भनेर म अदालततिर थिएँ । तर सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको छ । ममाथि संगठित अपराध भएको थियो । ममाथि हमला भएको थियो । उनीहरु विद्यार्थी थिएनन् ।’

उनलाई पक्राउ गरेको प्रहरीले दिउँसै छाडेको थियो । तर उनले पुनः उपकुलपतिको कार्यालय अगाडि आमरण अनशन थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ