arrow

ताप्लेजुङ पहिरोमा मृत्यु भएका बाबुछोराको  कन्काइमाईमा अन्त्येष्टि 

logo
युवराज रेग्मी, 
प्रकाशित २०८० असार ६ बुधबार
congress-jhapa-taplejung-landlslide.jpg

झापा । ताप्लेजुङ जिल्लाको सिदिङवा  गाउँपालिका वडा न ६ मेहेलेमा केही दिनअघि गएको पहिरोमा परी मृत्यु भएका बाबुछोराको  बुधबार अन्त्येष्टि गरिएको छ ।

पहिरोमा पनि मृत्यु भएका  ३६ वर्षीय सुरेश राई र उनका बाबु ६७ वर्षीय वृद्ध केशरबहादुर राईको झापा स्थित कन्काइमाईमा अन्त्येष्टि गरिएको हो ।
 
केही दिनअघि ताप्लेजुङ जिल्लामा गएको  मेहेले मुकुभञ्ज्याङ पहिरोमा परी बाबुछोराको मृत्युभएको  थियो  ।

बाबु नेपाली कांग्रेसका क्रियाशील सदस्य र छोरा तरुण दलका नेता थिए । झापा अर्जुनधारा ६ माता मन्दिरस्थित निवासमा मृतकको  पार्थिव शरीरमा बिहान ११ बजे  कांग्रेसको झण्डा ओढाएर मृतकप्रति अन्तिम  श्रद्धाञ्जली अर्पण  गरिएको थियो  ।
 

बाबुछोराको  दिउँसो कनकाइमाई  नदीमा जातीय परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ