arrow

लोकेन्द्रबहादुर चन्द शोकमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
RPP-Chairman-Lokendra-Bahad-RPP.jpg.jpeg

काठमाडौं । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई लाई पत्नी शोक परेको छ । 

 राप्रपाका संस्थापक नेता समेत रहेका चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको हो ।

उच्च रक्तचाप, पक्षाघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको हो । 

उनको, श्रीमान्, दुई छोरा र दुई छोरी छन् । 

दिवङ्गत चन्द राप्रपा नेता जयन्त चन्दकी आमा हुन् । 

उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ