arrow

आज नेपालले पाकिस्तानको सामना गर्दै

साफ च्याम्पियनसिपबाट बाहिरिएका नेपाल र पाकिस्तान भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
saff-championship-nepal-2023.jpg

काठमाडौं ।  भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । 

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा साविक उपविजेता नेपालले पाकिस्तानको सामना गर्न लागेको हो । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने ४ बजे शुरु हुनेछ । 

नेपाल र पाकिस्तान दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेको छ ।  पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । 

पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ