साफ च्याम्पियनसिपबाट बाहिरिएका नेपाल र पाकिस्तान भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
2.4k
Shares
काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा साविक उपविजेता नेपालले पाकिस्तानको सामना गर्न लागेको हो । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने ४ बजे शुरु हुनेछ ।
नेपाल र पाकिस्तान दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेको छ । पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।
पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।