सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रियताका प्राथमिकताहरूलाई बिषयान्तर गरिरहेको भान हुन्छ : प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
1.3k
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रियताका प्राथमिकताहरूलाई बिषयान्तर गरिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालले ठुलो उपलब्धि गरिरहेको बताउँदै उज्यालोको युगमा आइपुगेको बताए । उनले भने,' यति धेरै उज्यालोको यति धेरै नजिक हामी आइपुगेका छौं । देशको यति धेरै उज्यालोको यति धेरै नजिक यसअघि हामी कहिल्यै पनि थिएनौ । तर सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रियताका प्राथमिकताहरूलाई बिषयान्तर गरिरहेको भान हुन्छ ।'
उनले विवेक भन्दा निन्दाबाजी र आवेग हाबी हुँदै गएकाले गम्भीर भएर सोच्ने बेला भएको बताए । उनले भने,' हामीले गम्भीर भएर सोच्ने बेला आएको छ । कतै हामीबिच विषय विज्ञता भन्दा ज्ञान र विवेक भन्दा निन्दाबाजी र आवेग हाबी हुँदै गएको छैन ? जनताका वास्तविक मुद्दा हराउँदै गएर सतही सस्ता विषयले महत्त्व पाएर जनतामा निराशा र असन्तुष्टि फैलाउने त काम हामीले गरिरहेका छैनौ ? कतै हाम्रै व्यवहारले राजनीतिको चरित र चेहरा कमजोर बनी रहेको छैन ?'
उनले २० वर्ष अघि र अहिले आएको जनताको जीवनस्तरको परिवर्तनलाई बिर्साउन खोजिएको बताए । उनले लोकतन्त्रप्रतिको मोह भङ्ग गर्न लागि परेको बताए ।