arrow

सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रियताका प्राथमिकताहरूलाई बिषयान्तर गरिरहेको भान हुन्छ : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
prachanda-parliament-2080-03-08.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रियताका प्राथमिकताहरूलाई बिषयान्तर गरिरहेको बताएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपालले ठुलो उपलब्धि गरिरहेको बताउँदै उज्यालोको युगमा आइपुगेको बताए । उनले भने,' यति धेरै उज्यालोको यति धेरै नजिक हामी आइपुगेका छौं ।  देशको यति धेरै उज्यालोको यति धेरै नजिक यसअघि हामी कहिल्यै पनि थिएनौ ।  तर सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रियताका प्राथमिकताहरूलाई बिषयान्तर गरिरहेको भान हुन्छ ।' 

उनले  विवेक भन्दा निन्दाबाजी र आवेग हाबी हुँदै गएकाले गम्भीर भएर सोच्ने बेला भएको बताए । उनले भने,' हामीले गम्भीर भएर सोच्ने बेला आएको छ । कतै हामीबिच विषय विज्ञता भन्दा ज्ञान र विवेक भन्दा निन्दाबाजी र आवेग हाबी हुँदै गएको छैन ? जनताका वास्तविक मुद्दा हराउँदै गएर सतही सस्ता विषयले महत्त्व पाएर जनतामा निराशा र असन्तुष्टि फैलाउने त काम हामीले गरिरहेका छैनौ ?  कतै हाम्रै व्यवहारले राजनीतिको चरित र चेहरा कमजोर बनी रहेको छैन ?'    

उनले २० वर्ष अघि र अहिले आएको जनताको जीवनस्तरको परिवर्तनलाई बिर्साउन खोजिएको बताए । उनले लोकतन्त्रप्रतिको मोह भङ्ग गर्न लागि परेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ