arrow

यसै महिनाभित्र बूढीगण्डकी परियोजनाको काम अघि बढ्छ : प्रधानमन्त्री

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
prachanda-parliament-2080-03-08.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यसै महिना भित्र बुढिगण्डकी जलविद्युत आयोजनालाई अगाडि बढाउनका निम्ति कार्यालय उद्घाटन गर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नका जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री दाहालले भने, ‘मैले यसै महिना भित्र बुढिगण्डकी जलविद्युत आयोजनालाई अगाडि बढाउनका निम्ति कार्यालय उद्घाटन गर्ने र शिलान्यास प्रक्रिया पनि सम्पन्न गर्ने मैले सम्बन्धित अधिकारीलाई भनेको छु । मलाई विश्वास छ । यसै महिना भित्र बुढिगण्डकी परियोजना अघि बढाउने नयाँ कार्यालयको उद्घाटन हुन्छ । मैले भन्ने त्यही हो ।' 

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले भने,' निजगढ एयरपोर्टको बारेमा मैल धेरै पटक यस सम्मानित सदनमा राखेको छु । हामीले जो फाष्ट ट्र्याक निर्माण कार्य अघि बढेको छ । त्यो फाष्ट ट्र्याक निजगढ एयरपोर्टसँग लिङ्क गरेर अघि बढाइएको हो । त्यस कारण निजगढ एयरपोर्टलाई यथाशीघ्र अगाडि बढाउन सरकार प्रतिबद्ध छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ