arrow

अर्थमन्त्रीले भुल स्वीकारेको विषय नराख्ने हो बजेट पास हुन्न – एमाले, रास्वपा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
parliament-abarodh-2080-03-13.jpg

काठमाडौँ । नेकपा एमालेसहितका प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरेका छन् । जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने भनेर भुलबस गल्ती भएछ भनेर अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोमात्र स्वीकार गरिसकेको विषयलाई नसमेट्ने हो भने बजेट पास गर्न नदिने एमाले, रास्वपा, राप्रपा लगायतका दलले विरोध गरेका हुन् । 

उनीहरुले यसलाई स्वीकार नगरी जबरजस्ती बजेट पारित गर्न खोज्ने हो भने पारित गर्न नदिने भन्दै उभिएका छन् । 

यसबारे कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले निर्वाचन आयोगमै गएर स्पष्ट पारिसकेको अवस्था जानकारी गराए पनि विपक्ष दलका सांसदहरुले अवरोध गरेका हुन् । 

यो विषयलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेठ २४ गते विरोध गरेका थिए । त्यसपछिमात्र छलफलको विषय बनेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ