arrow

ललिता निवास प्रकरणः पक्राउ परेका सात दिन हिरासतमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
lalita-niwas-aaropi-2080-03-13.jpg

काठमाडौँ । बालुवाटारस्थित सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

काठमाडौँ जिल्ला अदालतले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

प्रहरीले मंगलबार सात जना पक्राउ गरे पनि ३ जनाले पहिले नै अदालतबाट पक्राउ पुर्जीविरूद्ध ‘स्टे अर्डर लिएका थिए । उनीहरूलाई मंगलबार साँझ नै छाडिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ