arrow

नेपाल मलेसियालाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
cricket-nepal-u16-2023-06-30.jpg

काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी इस्ट जोन यू–१६ क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ । 

बायोमास ओभल क्रिकेट मैदानमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको हो । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३०.५ ओभरमा अलआउट हुँदै ९९ रनमा समेटियो । 

मलेसियाका लागि मोहम्मद हैरिलले ५४ बलमा २५ रन बनाए । कप्तान मोहम्मद आलिफले १५ तथा मुहम्मद अक्रमले १२ रन बनाए । 

नेपालका लागि अशोक धामीले ७ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । कप्तान अभिषेक तिवारीले ३ तथा सन्तोष यादवले २ विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३.४ ओभरमा अलआउट हुँदै १८३ रन बनाएको थियो ।

अलराउन्डर अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्का सहित ५२ रन बनाए । 

खेलमा दोस्रो विकेटका लागि दिप कुमार र सुर्यांशु कोइरालाले ४२ बलमा ३३ रनको साझेदारी गरेका थिए ।

सुर्यांशुले २० बलमा २३ रन तथा दिप कुमारले ४१ बलमा १५ रन बनाए । 

त्यस्तै आठौँ विकेटका लागि नरेन भट्ट र अशोक धामीका बीचमा ३४ बलमा ४५ रनको महत्वपूर्ण साझेदारी भएको थियो । नरेनले ४३ बलमा २९ रन बनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ