- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विवादित बालुवाटारमा रहेको ललिता निवासको जग्गा तारबार गर्ने भएको छ । तारबार गर्न महानगरको प्रहरी टोली ललिता निवास गएको छ ।
ललिता निवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार गर्न महानगरको नगरप्रहरीको टोली बालुवाटार गएको हो ।
ललिता निवास जग्ग प्रकरणको फाइल पछिल्लो खुलेसँगै माहोल तातेको छ । यही सेरोमा महानगरले सार्वजनिक जग्गा संरक्षण गर्न तारबार गर्न लागेको हो ।
महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले आज इस्टिमेट गरेर फर्किने बताए । उनले ललिता निवासको सार्वजनिक जग्गामा भएका अस्थायी संरचनाहरु हटाउने र त्यसपछि तारबार गर्ने बताए ।