arrow

ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन र नयाँ नबनाउन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
lalita-niwas-2080-03-15.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन र थप संरचना नबनाउन निर्देशन दिएको छ । आइतबार बालुवाटारस्थित ललितानिवासको जग्गामा पुगेको महानगर प्रहरीको टोलीले सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले उक्त जग्गाभित्र रहेका संरचना हटाउन र नयाँ संरचना नबनाउन निर्देशन दिएको हो । 

अन्यथा महानगर आफैँले हटाउने चेतावनीसमेत दिएको छ । नगरप्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा गएको टोलीले जग्गाभित्र रहेका संरचना हटाउन निर्देशन दिएको हो । 

पुराना संरचना हटाउन सात दिने अल्टिमेटमसमेत दिएको छ । महानगरले अब उक्त सार्वजनिक जग्गामा तारबार गर्ने भएको छ । 

ललिता निवासको जग्गामा अहिले झण्डै २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ