- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँ महानगरपालिका विपद् व्यवस्था विभागले आइतबार “अग्नि निवारण तथा सडक दुर्घटना उद्धार” अन्तर्गत प्रतिकार्य अभ्यास गरेको छ ।
काठमाडौँको खुल्ला मञ्चमा विभागले ग्यास चुहावट भएर भान्सामा हुने आगलागी, प्रज्ज्वलनशील पदार्थ राखिएको भण्डारणमा हुने आगलागी, आवासीय र व्यापारिक भवनमा हुने आगलागीका साथै सडक दुर्घटनामा हुने उद्धार र प्राथमिक उपचारको तरिकाबारे प्रदर्शन गरेको हो ।