arrow

ललिता निवास जग्गा प्रकरणमा थप तीन आरोपी पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
lalita-niwash-balwatar-land-case-11.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप तीन जना आरोपी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो ।

महर्जन नक्कली मोही, भट्टराई कामनपा ४ का तत्कालीन वडासचिव (हाल महानगरका अधिकृत) र कार्की नापी कार्यालयका कर्मचारी थिए । 

कार्कीले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारको विशिष्ट व्यक्तिको निवास विस्तारका क्रममा सरकारी जग्गा नरहेको भनेर सिफारिस गरेका थिए । 

यसअघि प्रहरीले गत मंगलबार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरेको थियो । 

उनीहरु अहिले अनुसन्धानका लागि सात दिने हिरासतमा रहेका छन् । 

यो जग्गा प्रकरणमा ४०६ जना जोडिएको बताइएको छ । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ । मंंगलबार पक्राउ परेका अन्य तीन जना भने सर्वोच्च अदालतबाट पहिले नै स्टे अर्डर लिएर बसेकाले सोही दिन नै छुटेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ