arrow

ललिता निवास प्रकरणः थप दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
baluwatar-lalita-niwash-land.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बालुवाटार जग्गा काण्डले चर्चित बनेको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार थप दुई जना गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो । 

उनीहरुमाथि ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज कीर्ते गरेको आरोप लगाइएको छ । 

सो प्रकरणमा हालसम्म आठ जना पक्राउ परिसकेका छन् । तीन जना भने अदालतको आदेशका कारण पक्राउ परेर छुटेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ