arrow

ललिता निवास जग्गा प्रकरणः बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नभ्याइनेमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
lalita-niwash-balwatar-land-case-11.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरुद्वारा दायर बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ र धर्मप्रसाद गौतमले दायर गरेको रिटको पेसी हेर्न नभ्याइनेमा परेको हो।

उक्त रिटको सुनुवाइका लागि मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा तोकिएको थियो । 

यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा। कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ