arrow

चोरखोलामा गुडिरहेको बसमा करेन्ट लाग्दा दुईको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
bus-current-2080-03-21.jpg

सुर्खेत । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्गअन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका ३ चोरखोलास्थित दाङ तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बर बसले सडक छेउँमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सपोर्टको लागि छेउँमा गाडिएको तारमा छुँदा करेन्ट लागेर दुई जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । 

मृतक दुईजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी सुचना तथा प्रहरी निरिक्षक गोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार बसमा  २० जना सवार रहेकोमा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन् भने अन्य यात्रु सकुशल रहेका छन् । 

 घाइतेलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ