arrow

दुई वटा ट्रक ठोक्किएर आगलागी, तीन जनाको जलेर मृत्यु, दुई गम्भीर 

logo
रविन्द्र गौतम,
प्रकाशित २०८० असार २३ शनिबार
accident-final-1618290232.jpg

हेटौँडा । मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको जलेर मृत्यु भएको छ । आज राति पौने २ पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–६ नयाबस्ती डिपाट गाउँमा दुइ वटा ट्रक ठोक्किँदा दुवै ट्रक जलेको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए । 

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ६३१ नंम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको हो ।

दुई वटा ट्रक ठोक्किएर आफैँ जल्दा ट्रकमा सवार तीन जना बाहिर निस्कन नसकेर ट्रकसँगै जलेर मृत्यु भएको छ ।

ट्रकमा जलेका तीन जनाको पूरै शव जलेपछि टुक्राहरुमात्र फेला परेको र शवका टुक्राहरु हेटौँडा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

मृत्युहुनेहरुमा ना ६ ख ६६६७ नम्बरको ट्रक चालक जिल्ला चितवन राप्ति नगरपालिका–८ बस्ने २८ वर्षीय रिहान रुम्बा तामाङ, सोही ट्रकका सहचालक गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नम्बर–२ गोर्दीटार बस्ने २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ बस्ने २० वर्षीय अमृत प्रजा रहेको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए ।

ट्रकका चालक र अर्का एक जना घाइतेको भनाइ अनुसार पनि दुई वटा ट्रकमा गरी पाँच जना सवार रहेको बताएका छन् । शवका साना टुक्राहरु मात्र हुँदा चिन्न नसकिने र कति जना थिए भन्ने यकिन गर्न  गाह्रो भएकाले घाइतेहरुको भनाइलाई आधार मान्दा तीन जना ट्रकमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकमा सवार दुई जना गम्भीर घाइते भएका छन् । ट्रकमा सवार चितवन राप्ति नगरपालिका वडा नम्बर–३ बस्ने वर्षिय ३५ बिबेक तामाङ, ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ बस्ने ३२ वर्षिय अर्जुन कुमार प्रजा गम्भीर घाइते भएका हुन् । उनीहरुको उपचारका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ