arrow

रविले भने- जनताका मुद्दा पहिलो प्राथमिकता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
ravi-lamichhane-budget-2080.jpg

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । 

उनले रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको समेत दाबी गरे । 

रास्वपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा शनिबारदेखि भैरहवामा आयोजित प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु हुँदैन भनेर रास्वपाले कहिलै नभनेको र के कुरामा विरोध गर्ने र के कुरामा विरोध नगर्ने भन्नेमा रास्वपा स्पष्ट रहेको बताए ।

उनले रास्वपाले कुनै दलसँग गठबन्धन गर्न जरुरी नरहेको बताउँदै विगतको निर्वाचनमा भएभरका पार्टी एकजुट हुँदा पनि रास्वपाले एक्लै लडेर राम्रो नतिजा ल्याएको बताए । 

उनले रास्वपा मिटरब्याज पीडितको पक्षमा रहेको र आगामी बैठकमा यसबारे आवाज उठाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ