arrow

अवरुद्ध प्रतिनिधि सभा बैठक चालु, प्रचण्डले स्पष्टीकरण दिँदै [लाइभ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संघीय संसदमा देखिएको गतिरोध अन्त्य गर्न सहमत भएसँगै एक साता अवरुद्ध भएको संसद बैठक खुलेको छ । शीर्ष तीन दलका तीन नेताहरुबीच दुई दिनमा दुई पटक छलफल भएपछि संसदको अवरोध खुलेको हो । 

सिंहदरबारमा सोमबार दिउँसो प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा संसदको अतिरोध अन्त्य गर्न सहमति जुटेको हो । 

बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओली सहमतिबारे सदनमै थाहा हुने प्रतिक्रिया दिए । प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको बताए । 

यसअघि हिजोको बैठक पनि सहमतिमा पुगेको भनिए पनि बीचमै अलमल भएर प्रतिनिधि सभा बैठक आजसम्मका लागि सारिएको थियो । तर आजको राष्ट्रिय सभा बैठक स्थगित भएपछि फेरि समस्या आएको थियो । 

नेतारुबीच कुन विषयमा सहमति भएर संसद चल्न एमालेले दिने भयो भन्ने बारेमा ओलीले केही पनि बताएका छैनन् । 

हिजोको बैठकको सहमति र आजको बैठकको सहमतिबारे नेताहरुले नबोल्नुभित्र के सहमति भयो भन्ने नै अन्योलमा रहेर आजको संसद बसेको हो । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ