के प्रतिपक्षले प्रश्न उठाउन बित्तिकै राजीनामा दिनुपर्ने हो ? – प्रधानमन्त्री प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
1.4k
Shares
काठमाडौ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षले प्रश्न उठाउना साथ राजीनामा दिनु पर्ने हो ? भनी प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिँदै प्रचण्डले आफूलाई संसदमा जवाफ दिन नदिएर तीन दिनसम्म संसद अवरुद्ध गरिएको भन्दै यो गैरजिम्मेवार भएको बताए ।
उनले आफूले कतै गल्ती गरेको भए विगतदेखि नै गल्ती स्वीकार्दै आएको भन्दै आफ्नो कुनै अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध गरिनु दुर्भाग्य भएको बताए ।
उनले २०६८–६९ मा आफ्नी जेठी छोरीको अन्तिम अवस्थाका बेलामा दिल्ली उपचार गराएको र प्रितम सिंहको घरमा बसेको भन्दै तिनै सिंहको पुस्तक विमोचनमा आफूले पोखेका भावनालाई गलत अर्थमा लिइएको भन्दै उनले स्पष्ट पारे ।
प्रचण्डकै बोलीका कारण एक साता विपक्ष दल एमालेले संसद अवरुद्ध गरेको थियो । सोही कारण प्रचण्डले सोमबार स्पष्टीकरण दिएका हुन् ।
उनले आफू भावुक भएको भन्दै आफ्नो कमजोरी पनि हो र सवल पक्ष पनि छ कि भन्दै उनी संसदमै भक्कानिनबाट सम्हालिँदै थिए ।