arrow

ललिता निवास जग्गा प्रकरणमा थप दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
lalita-niwash-balwatar-land-case-11.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । उक्त सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका थप दुई पूर्व कर्मचारी पक्राउ परेका हुन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मालपोत कार्यालय डिल्लीबजारका दुई पूर्व कर्मचारीलाई मंगलबार बिहान पक्राउ गरेको हो । 

योगराज पौडेल र खरिदार नारायणराज मिश्र पक्राउ परेका हुन् । 

काठमाडौँबाट पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन् भने मिश्र खरिदार हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ