arrow

गृहमन्त्री ठोकुवा गर्दै भन्छन् – सरकारको सुशासन अभियानले विश्राम लिने छैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
narayankaji-shrestha-2080-03-28.jpg

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने बताएका छन् । 

बिहीबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दूमा राखेर काम अगाडि बढाइरहेको बताए । 

उनले देशको समृद्धिको लक्ष्य हासिल गर्ने पूर्वशर्त सुशासन भएको भन्दै सरकारको अभियानले विश्राम नलिने बताए । उनले निर्दोष नफसुन् र दोषी नछुटुन् भन्ने मान्यता अख्तियार गरिएको उल्लेख गरे । मन्त्री श्रेष्ठले धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानून हुँदैन भन्नेकुरामा सबैको ध्यानाकर्षण गराए । 
 
उनले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउन र टुंगोमा पुर्याउन सरकार दृढ रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ