arrow

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
Parliament_building-1619601493.png

काठमाडौं ।  आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक  बैठक बस्दै छ ।  सङ्घीय संसद्को भवन नयाँ बानेश्वरमा  दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ भने राष्ट्रिय सभाको बैठक बिहान सवा ११ बजे बस्नेछ ।

प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभाको बैठकमा उत्पत्ति भएको विनियोजन विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको जानकारी गराउने कार्यसूची छ । 

साथै केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई अनुमति माग्ने प्रस्तावमाथि ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम, सुमना श्रेष्ठ लगायतबाट प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गरिँदै छ । 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामका उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै राष्ट्रिय सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस्, आर्थिक विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने,  भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।   

साथै अर्थमन्त्रीले राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ