arrow

नेपाली महिलाहरु म्यानमार पुर्‍याएर बन्धक बनाएको आरोपमा चिनियाँ नागरिक पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
chinese-criminal-2080-03-30.jpg

काठामडौँ । नेपाली महिलाहरुलाई रोजगारीका लागि थाइल्याण्ड भनेर म्यानमार पुर्‍याउने चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले चिनियाँ नागरिक ४२ वर्षीय लियाङ जुनलाई बुधबार पक्राउ गरेको हो । 

उनलाई बिहीबार जिल्ला अदालत काठमाडौँले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यसरी थाइल्याण्ड पुर्‍याएर नेपालीलाई अनलाइनबाट अमेरिकी ठग्ने काममा लगाएको खुलेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

लियाङले थाइल्याण्डमा कम्प्युटर टाइपिङको काम भनी गत साल साउन ९ गते काठमाडौँबाट लगेर थाइल्याण्डबाट १३ घण्टासम्म बस र डुङ्गामा चढाई म्यानमार पुर्‍याएर बन्धक बनाई राहदानी तथा मोबाइल खोसेर अनलाइन ठगीको काममा लगाएको खुलेको हो ।

पीडितको जाहेरी अनुसार उनीहरुलाई दिनको १८ देखि २० घण्टासम्म काम गर्न बाध्य बनाइएको थियो। यस्तै शारीरिक तथा मानसिक यातनासमेत दिएको आरोप छ । 

नेपाल फर्किन खोज्दासमेत चिनियाँ नागरिकलाई फिरौती रकम बुझाएर मात्र नेपाली महिलाहरु स्वदेश फर्किएका थिए । 

फर्किएपछि उनीहरुले मानव बेचविखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए । 

पक्राउ परेका चिनियाँ नागरिक सन् २०१८ देखि नेपाल आउजाउ गर्ने गरेको खुलेको छ। उनले भ्रमण, विद्यार्थी र व्यापारिक भिसामा नेपालमा बसोबास गरी विभिन्न व्यापार व्यवसायमा लगानी समेत गरेको पाइएको ब्यूरोले जनाएको छ।

पछिल्लो समय नेपालमा चिनियाँहरुको आपराधिक गतिविधि बढ्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ