arrow

जसरी पनि निर्वाचनमा भाग लिने इमरानको तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
imran-khan-pti-chairpersion.jpg

पाकिस्तान ।  पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएको अवस्थामा आगामी आम निर्वाचनमा भाग लिनका लागि नयाँ राजनीतिक दल गठन गर्ने र चुनाव जित्ने बताएको पाकिस्तानको अङ्ग्रेजी दैनिक पत्रिका (डन) ले जनाएको छ । 

मे ९ मा भएको देशव्यापी हिंसात्मक प्रदर्शनलाई लिएर धेरै सरकारी अधिकारीहरूले  प्रदर्शनमा सम्लग्न प्रदर्शनकारी र पीटीआईमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका थिए । 

पाकिस्तानका आन्तरिक मामिला मन्त्री राणा सनाउल्लाहले पीटीआईमाथि प्रतिबन्ध लगाउनु नै एकमात्र समाधान भएको बताएका थिए । 

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष तथा विदेशमन्त्री बिलावल भुट्टो जरदारीले पनि पीटीआईमाथि प्रतिबन्ध लगाउने कुनै पनि कदमको आफ्नो पार्टीले विरोध नगर्ने बताएका छन् । 

निक्केइ एसियाले आफ्नो चुनावी भविष्यमा लगाएको सम्भावित प्रतिबन्धको प्रभावबारे सोधिएको प्रश्नमा इमरानले भने, “यदि उनीहरूले पार्टीमाथि प्रतिवन्ध लगाए भने हामी नयाँ नामको पार्टी बनाउनेछौं र चुनाव पनि जित्नेछौँ ।”

भूतपूर्व प्रधानमन्त्री खानले भने, “यदि उनीहरूले मलाई अयोग्य घोषित गरे र मलाई जेलमा हाले पनि पार्टीले जित्छ ।” 

पीटीआई अध्यक्षले आफ्नो समर्थकको आधार ‘अक्षुण्ण’ रहेको र राष्ट्रिय राजनीति’ आधारभूत रूपमा परिवर्तन’ भएको दाबी गरेका छन् । 

खानले आफ्नो पार्टीमाथि जारी कारबाहीबारे भने, “सरकार अझै पनि दलका नेता, कार्यकर्ता र शुभेच्छुकलाई धम्की दिएर हाम्रो शक्तिलाई कमजोर बनाउन खोजिरहेको छ । तर यो असम्भव हुनेछ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ