- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
महोत्तरी । मटिहानी नगरपालिकाले वारुणयन्त्र (दमकल) सञ्चालनमा ल्याएको छ ।
यसबाट आगलागीबाट हुने क्षतिलाई रोक्न सहयोग पुग्ने जनाइएको छ ।
नगरप्रमुख हरिप्रसाद मण्डलले गत वर्ष दोस्रो कार्यकाल सुरु गर्दै एक वर्षभित्र वारुणयन्त्र ल्याउने वाचा गरेका थिए ।
जिल्लामा १५ स्थानीय तहमध्ये जलेश्वर नगरपालिकासँग मात्र वारुणयन्त्र हुँदा आपत्विपद्मा निकै अप्ठ्यारो पर्दै आएको छ ।