arrow

आज बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची यस्तो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
Parliament_building-1619601493.png

काठमाडौं ।  आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्दै छ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत गर्नेछन् ।

उनले सो प्रस्ताव माथिको संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गर्नेदेखि पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नेछन् ।
 
यसै गरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ