arrow

अनेसास सुनील पाठक विशिष्ट पुरस्कार वरिष्ठ साहित्यकार मोहन सिटौलालाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
mohan-sitaula-puraskar-2080-03-31.jpg

वाशिंटन डीसी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ३१ औँ वार्षिकोत्सव तथा २१० औँ भानु जयन्ती जुमको माध्यमबाट सम्पन्न भएको छ । अनेसासका केन्द्रीय अध्यक्ष गोवर्धन पूजाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि प्राडा ब्रतराज आचार्य थिए ।

सो कार्यक्रममा विभिन्न पदाधिकारीहरुको शुभकामना मन्तब्य, वार्षिक प्रतिवेदन प्रस्तुति तथा सोमाथि छलफल हुनुका साथै विशेष आकर्षणको रुपमा अनेसास पुरस्कारहरुको घोषणा रहेको थियो ।

पुरस्कार समितिका अध्यक्ष तीर्थराज पाण्डेले पुरस्कारको घोषणा गरेका थिए । सोअनुसार अनेसास सुनील पाठक विशिष्ट पुरस्कार वरिष्ठ साहित्यकार एवं शिक्षाविद् प्राध्यापक मोहन सिटौलाले पाउने भएका छन् । यो पुरस्कारअनुसार सिटौलाले दुई हजार डलर प्राप्त गर्ने छन् । 

यो पुरस्कार अनेसासमा योगदान दिने ब्यक्तित्वलाई प्रदान गरिन्छ । सिटौला अनेसासका पूर्व  केन्दिय अध्यक्ष हुन् ।

एक दर्जन बढी पुस्तक लेखिसकेका ८१ वर्षीय सिटौलाले नेपालमा रहँदा थुप्रै क्याम्पसको नेतृत्व सम्हालेका थिए । यसअघि सिटौला असार २९ गते भानु जयन्तीको अवसरमा युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७९ बाट सम्मानित भएका छन् ।

यस्तो छ सिटौलाले पाएका पुरस्कारहरूको छोटो पृष्ठभूमि:

विसं २०२४ सालमा काठमाडौँमा सम्पन्न देशव्यापी नेपाली निबन्ध प्रतियोगितामा प्रथम, स्वर्ण पदक र नगद पुरस्कार ।
–हालसम्म अनेसास लगायत नेपाल सरकार, त्रीवी, नेपाल, भारत  र अमेरिकाका विभिन्न नेपाली अन्य साहित्यिक संघसंस्थाबाट लामै समयदेखि बारम्बार सम्मानित र पुरस्किृत हुँदै आएको ।
—राष्ट्रिय शिक्षादिवस पुरस्कार (शिक्षा मन्त्रालय, श्री ५ को सरकार) —२०४३  
—अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्कृष्ट सेवा सम्मान (प्लाक)— अनेसास—२००५ 
—आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार,नेपाल सरकार —२०७१
—अनेसास हिरो पदवीबाट सम्मानित (जापान) —२०१५    
—स्रष्टासाँझ सम्मान - २०१८ 
—महाकवि देवकोटा राष्ट्रिय पुरस्कार— नेपाल सरकार, संस्कृति, पर्यटन   तथा नागरिक उड्डयन मन्त्रालय —२०७७ 
—दाजीलिङ्ग, सिक्किम, आसाममा सम्मानित —२००८
—विश्व भुटानी साहत्यिक संगठन (GBLO) बाट पेन्सिलभेनियामा सम्मानित —ःमार्च २२/२०२२

अनेसास के का तारा किसनधामी  पुरस्कार (२०२३) । 
—अभिवादन प्रतिभा पहिचान प्रतिष्ठान काठमाडौंबाट मोहन सिटौलालाई अभिवादन —२०७२ असार ।

—नइ देरुनिख अन्तराष्ट्रिय साहित्यिक व्यक्तित्व सम्मन र २ लाख नगद पुरस्कार— २०७९–२०२२ ।

—लीलाध्वज थापा साहित्य प्रतिष्ठान, काठमाडौं— स्रष्टा—सम्मान—२०७९–२०२२ ।

—नइ काठमाडौँबाट साहित्यकार मोहन सिटौलालाई ‘नइ कीर्ति रत्न’ को उपाधि प्रदान — २०७९–२०२३ ।

—अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को  २०७९–२०२३ मार्च मा बोष्टनमा सम्पन्न भएको पाँचौं च्याप्टर र महिला भव्य सम्मेलनमा मोहन सिटौलालाई अनेसास (केन्द्रीय समिति) ले ‘साहित्य रत्न’ को उपाधि लगायत किसन तारा धामी ५०० डलर नगद पुरस्कार प्रदान गरेर सम्मान गरिएको ।

—युगकवि सिद्धिचरण राष्ट्रिय पुरस्कार— नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय — असार २०८० ।
—अनेसास सुनिल पाठक विशिष्ट पुरष्कार —जुलाई २०२३  विशेष उल्लेखनीय रहेका छन्  ।

यस्तै यस वर्षको २१ सय डलरको “अनेसास सर्वोत्कृष्ट पुस्तक  पुरस्कार “रैथाने” उपन्यासका लागि भारतका रण काफ्लेले प्राप्त गरेका छन् । अनेसास होमनाथ सुवेदी डायस्पोरा पुरस्कार “बौलाको डायरी” का लागि अमेरिकाका महेश्वर पन्त(अमेरिका), अनेसास श्याम कार्की तथा इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार “सन्दिग्ध शताब्दि” का लागि श्री बाबु कार्की (नेपाल), अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार “रानी तलाउ” का लागि कल्पना खरेल(नेपाल), अनेसास सीता शर्मा संस्कृति तथा दर्शन सर्वोत्कृष्ट पुरस्कार “अरनिको एसिया एक प्रस्तावना” का लागि गणेशकुमार जीसी(नेपाल), अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार (डायस्पोरा) “मृत सागरको उचाइबाट” का लागि सिन्धु पौडेल (इजरायल), अनेसास राष्ट्रकवि काव्य पुरस्कार “दङ्गी उर्वसी” का लागि डा. गोविन्द आचार्य(नेपाल), अनेसास स्व. लक्ष्मीदत्त पाण्डे सर्वोत्कृष्ट नियात्रा पुरस्कार “आवारा वादल” का लागि निर्मोही ब्यास (नेपाल), अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार “अपरिचित अनुहार” का लागि महेश पौडेल (नेपाल) पुरस्कृत भएका छन् । यी सबै पुरस्कारको राशी १ हजार डलर रहेको छ ।

त्यसैगरी अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत-गजल पुरस्कार “उर्जा” का लागि खेम रिजाल (अमेरिका) पुरस्कृत भएका छन् । यसको राशी ५ सय डलर रहेको छ ।

यी सबै पुरस्कारहरु आगामि लक्ष्मी पूजाका अवसरमा विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने पनि पुरस्कार घोषणाको क्रममा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ