arrow

मोती तिमी धन्य छौ : मोहन सिटौला

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
mohan-sitoula-2019.jpg
तस्बिर : फाइल

पृथ्वी, भानु प्रतापी रविकिरण कला चन्द्रको बिम्ब पोती  
मोतीले बिम्ब बाले झलल चहकिलो राष्ट्रको माथ माथि ।
हामी छौँ आज धेरै जगमग जगमा देश नेपाल वासी

भाषा सम्पन्न हाम्रो रसमय विपुलै विश्वमा छौँ सुवासी ।।१।।
नेपाली नामका हौँ निशिदिन कहिल्यै सान घट्दैन हाम्रो
भाषा ,साहित्य उच्च प्रखर वहुविधा सिर्जनामा डुलेको
यस्तो राम्रो फुलेको उपवन सबको मौलिने कार्य थाल्यौ

धन्यै ! मोती पियारा जनमन सबमा वाङ्मयी दीप बाल्यौ ।।२।।
छापाखाना र संस्था, गजल र कविता, शोध औ जीवनी र  
नाट्यादि क्षेत्र खेल्दै मन, मगज मिठा प्यारका ‘पीकदूत’
छोटै भो आयु तिम्रो मधुमृदुल समालोचनामा डुबेथ्यौ

उच्चा पार्‍यौ स्वराष्ट्रै नवयुग जपना चिन्तना दीपबाल्यौ ।।३।।
पृथ्वीले देश ल्याए रविकिरण कता भानु भित्रै रहेथे
मोतीका शोध खोजी अवनरत हुँदा भानु औ राम आए
पाए भाषा सबैले मृदुमधुमय भो एकता पुष्प माला

उन्दा बुन्दा पियारो मनमय हुनगो देशको चालमाला ।।४।।
 
धन्यै ! मोती बचायौ विगत मृदुमना, वीरका कार्यका ती
पाना नाना उघार्यौ लघुतर वयमै, उच्च सद्कार्य माथि
चढ्दै बढ्दै गएछन् यस मधुवनमा कीर्तिकाका प्रतापी
निस्केछन् काव्यमाली, अमर हुन गयौ धन्य छौ हे तपस्वी !।।५।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ