arrow

मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयक पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
Parliament_building-1619601493.png

काठमाडौं ।  प्रतिनिधि सभा बैठकबाट “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्”, भनी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाएका थिए  । प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन १० गते दिउँसो १ बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ