arrow

अमेरिका-दक्षिण कोरिया बैठक बस्दै, किमकी बहिनीले भनिन्- वार्ता हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २ मंगलबार
kim-jon-sister.jpg

काठमाडौं ।  संयुक्त राज्य  अमेरिका र दक्षिण कोरियाबीच मङ्गलवार सोलमा आणविक परामर्शदाता समूहको बैठक हुँदैछ । 

कोरियाली राष्ट्रपति कार्यालयका अनुसार उत्तर कोरियाविरुद्ध आणविक प्रतिरोधलाई बलियो बनाउने बैठकको मुख्य लक्ष्य भएको बताइएको छ ।

 यता उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले अमेरिकासँग वार्ता नहुने बताएकी छन् । शक्तिशाली एवम् प्रभावशाली व्यक्तित्व उनी वार्ताको विचारलाई दिवास्वप्न भन्छिन् ।

आणविक प्रतिरोधसम्बन्धी पहिलो अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको बैठकको पूर्व सन्ध्यामा उनकी बहिनीको यो भनाइ सार्वजनिक भएको हो ।  उत्तरविरुद्धको अमेरिकी-कोरियाली सैन्य गठबन्धनले वार्तालाई असम्भव बनाएको उनी बताउँछिन् । 

उत्तर कोरियाले गत साता अहिलेसम्मकै सबैभन्दा शक्तिशाली अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेर शृङ्खलाबद्ध परीक्षणलाई निरन्तरता दिइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ