arrow

सय वर्षीय किसिञ्जरको एकसयौं चीन भ्रमण

राष्ट्रपति सी र पूर्वअमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
Xi-Kissinger.JPG

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता भएको छ । 

सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिञ्जरले अहम् भूमिका निर्वाह गरेको थियो । 

त्यसबेला उनी अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लहकार थिए । 

एकसय वर्षीय किसिञ्जरको यो एकसयौ चीन भ्रमण हो । 

राष्ट्रिय सुरक्षा सल्लाहकार किसिञ्जरको भ्रमणपछि तत्कालीन अमेकिरीकी राष्ट्रपति रिचर्ड निक्सनको ऐतिहासिक चीन भ्रमण भएको थियो । 

विश्वमानचित्रमा एक्लिएको चीन अमेरिकासँग सम्बन्ध स्थापना गरेसँगै उत्पादन उद्योगका लागि विश्वकै कारवाखाना बनेको छ । 

नोबेल शान्ति पुरस्कार प्राप्त वरिष्ठ कुटनीतिज्ञ किसिञ्जरले गत मे २७ मा आफ्नो एकसयौं जन्मदिवस मनाएका थिए । 

जन्मदिवस मनाएपछिको यो उनको एकसयौं चीन भ्रमण हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ