ललिता निवास प्रकरणः पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राख्न अनुमति
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
546
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
काठमाडौँ जिल्ला अदालतले पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले म्याद थपका लागि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत् अदालत उपस्थित गराएको थियो।