- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिन्धुपाल्चोक जिल्लाको चाकु भन्ने स्थानबाट २० किलोमिटर पर भोटेकोशी किनारमा जोमभीर भन्ने ठूलो चट्टान छ ।
बैशाख र जेठ महिनामा यहाँ नजिकै बस्तीबाट एक समूह आएर भीरमा भएका मौरीका घारहरुबाट मह काढिरहेका हुन्छ्न् ।
भोटेकोशी गाउँपालिकाका स्थानीयहरु बर्सेनि यही मह काढेर आफ्नो जीविकोपार्जन गरिरहेका छन् । यो वर्षको अन्तिन जेठतिर पनि ६–७ जनाको समूह मह काढ्न गएको क्षण नेपाल फोटो लाइब्रेरीले क्यामेरामा तस्बिरहरु कैद गरेको थियो ।
भीरमह काढ्दा धेरै सावधानी अपनाउनुपर्छ । थोरै असावधानी भए ज्यानै जान सक्छ ।
औषधिजन्य गुण भएको भीरमौरीको महको बजारमा ठूलो माग छ । हाल बजारमा कम्तीमा तीन हजार ५०० रुपैयाँ लिटरमा भीरमौरीको मह बिक्री हुने गरेको पाइन्छ ।