arrow

रवि लामिछानेको स्पष्टीकरण – सेनाको संख्या घटाउन कहीँ कतै भनेको छैन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ६ शनिबार
ravi-2080-04-06.jpg

मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताएका छन् । विराटनगर–११  पिचरास्थित पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा  पार्टीको  सांसद तथा नेतालेसमेत बोलेका छैनन् भने । 

उनले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट छ भने । अध्यक्ष लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको बताए । 

उनले आफ्नो पार्टी आम समर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मङ्सिरदेखि पार्टीको अधिवेशन कार्य शुरु हुने जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ