ललिता निवास प्रकरणमा पक्राउ पर्ने २२ पुगे, सञ्जय र सकुलानन्द थपिए
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
880
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार नक्कली मोही बनेर ललिता निवास जग्गा हडपेको आरोपमा सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो ।
उनीहरु पक्राउ परेसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।