- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले पार्टी संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । उनले संसद बैठक साउन १० गते बस्दै गर्दा त्यसअघि नै कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका हुन् ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत भन्सार विभाग र सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरुको मिलेमतोमा ठूलो परिमाणको सुन बाहिरिने क्रममा नियन्त्रणमा लिइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै सांसद शर्माले सो घटनामा अर्थ मन्त्रालय र गृह मन्त्रालय मातहतका कर्मचारीहरुको प्रत्यक्ष संलग्नता भएको भन्दै अर्थ र गृहमन्त्रीको भूमिकाप्रति जनस्तरमा शंका पैदा भएकाले संसदीय दलको बैठक बसेर उपयुक्त राय निकाल्नका लागि बैठकको माग गरेका हुन् ।
उनले मागसहित आज कांग्रेस संसदीय दलको कार्यालयमापत्र नै दर्ता गराएका छन् । दर्ता नम्बर ३ रहेको उनको पत्रमा संसदीय दलको बैठक बोलाउन २५ प्रतिशत सांसदको हस्ताक्षर आवश्यक भए पनि पार्टीभित्र गुटबन्दी सिर्जना हुन सक्ने भन्दै आम सांसदहरुको मनोभावना र चाहना समेट्दै बैठक डाक्न आग्रह गरेका हुन् ।