arrow

इमरान खानविरुद्ध वारेन्ट जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
imran-khan2.jpg
तस्बिर – फाइल ।

इस्लामबाद । पाकिस्तानमा पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्ष इमरान खानको समस्या अन्त्य हुने देखिएको छैन । 

पाकिस्तानको निर्वाचन आयोगले सोमबार (जुलाई २४०)इमरान खानविरुद्ध अवहेलनाको मुद्दामा गैर जमानती वारेन्ट जारी गरेको छ।

पाकिस्तानको निर्वाचन आयोगले यसअघि इमरान खानलाई धेरै पटक हाजिर हुन बोलाएको थियो । तर इमरान खान उपस्थित भएनन् । यसपछि निर्वाचन आयोगले पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख इमरान खानलाई पक्राउ गर्ने जिम्मेवारी इस्लामावादका प्रहरी महानिरीक्षक (आईजी) लाई दिएको छ ।

पाकिस्तानको निर्वाचन आयोगले गत वर्ष मुख्य निर्वाचन आयुक्त र निर्वाचन आयोग विरुद्ध अभद्र भाषा प्रयोग गरेको आरोपमा खान ९७०० र पार्टीका पूर्व नेता असद उमर र फवाद चौधरीविरुद्ध अवहेलनाको कार्यवाही शुरु गरेको थियो।

ईसीपी सदस्य निसार दुर्रानीको नेतृत्वमा रहेको चार न्यायाधीशको इजलासले गत जुलाई ११ मा उमरलाई राहत प्रदान गर्दै खान र चौधरीको लागि गैर जमानती वारेन्ट जारी गरेको थियो। इजलासले सुनुवाइका लागि जुलाई २५ गते तोकेको छ ।

पाकिस्तानको निर्वाचन आयोगले आफ्नो नयाँ आदेशमा भन्यो कि खानलाई जनवरी १६ र मार्च २ मा नोटिस र जमानती वारेन्ट जारी गरिए पनि उनी आयोग समक्ष उपस्थित हुन गएनन् । यसै सन्दर्भमा पाकिस्तानको निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री इमरान खान विरुद्ध गैर जमानती वारेन्ट जारी गरेको छ ।

आज बिहान १० बजेभित्र पक्राउ गरी हाजिर गर्न आयोगले आदेश दिएको छ । यसबारे पाकिस्तानका पूर्वप्रधानमन्त्रीले यो सबैको पछाडि गृहमन्त्रीको षडयन्त्र रहेको बताएका छन् ।

 यस विषयमा इमरान खानको प्रतिक्रिया पनि आएको छ । आफुलाई हटाउने प्रयास भइरहेको उनले बताएका छन । यसका लागि अर्को वारेन्ट जारी गरिएको थियो। 

यससँगै पाकिस्तानी अदालतमा इमरानकी पत्नी बुशरा बीबी, दुई दिदीबहिनी र एक जनाविरुद्ध सुनुवाइ भएको छ । यसमा दिदीबहिनी र आफन्त दुवैलाई फरार घोषणा गर्नका लागि बहस शुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ