arrow

मेलबर्न नेपालमा फेरि घिमिरे

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
melbourne-nepal-2023.jpg

अष्ट्रेलिया । अष्ट्रेलियामा संचालित मेलबर्न नेपालले दोस्रो वार्षिक साधारण सभा आयोजना गरेको छ ।  सन् २०२१ को २० मेमा उपभोक्ता मामिला भिक्टोरिया अन्तर्गत  मेलबर्न नेपाल इन्कर्पोरेट आधिकारिक रूपमा दर्ता भएको संस्थाले आइतबार दोस्रो साधारण सभा गरेको हो । 

संस्थापक तथा वर्तमान अध्यक्ष शैलेश घिमिरेको अध्यक्षतामा भएको साधारण सभाले गएको वर्ष गरिएको कामको जानकारी गराउँदै आगामी दिनमा आयोजना गर्ने कार्यहरुको विषयमा छलफल गरेको थियो।

संस्थाको दोश्रो कार्यकालका लागि पुन: दोश्रो पटक अध्यक्षमा घिमिरे नै चुनिएका छन् भने उपाध्यक्षमा टार्जन बुढाथोकी, सचिवमा मेलिसा गिरी, सहसचिवमा एस्ली थापा, कोषाध्यक्षमा पुजन पराजुली, सहकोषाध्यक्षमा सन्तोष पन्त, प्रवक्तामा अनील अर्याल, क्याम्पियन म्यानेजरमा रुद्र खड्का, युथ सपोर्ट कोअर्डिनेटरमा अनीश सिटौला, ग्राजुएट सपोर्ट कोअर्डिनेटरमा सागर पाण्डे चुनिएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यमा सुदीप बन्जारा, सुजन खरेल, अनु सुवेदी, रोजन काफ्ले, अभिषेक फुल्लेल, भेनीसा पाण्डे, उत्सव पोखरेल, कृष्ण सापकोटा र कुशल सापकोटा चुनिएका छन् ।

ऑस्ट्रेलियाको भिक्टोरिया राज्यमा नेपाली युवाहरुको समस्याको सारथी, युवा सञ्जालको आवस्यकता, युवा सबलीकरण र नेपाली समुदायमा युवा नेतृत्व विकासको अवधारणा बोकेर यो संस्था दुई वर्षअघि स्थापना भएको हो । 

जन्मभूमिबाट टाढा कर्मभूमिमा आफ्नो जीवन बिताउँदै गर्दा बढ्दो नेपाली समुदायसँगै धेरै समस्याहरु देखा पर्ने र पूरा समाजको नै उन्नतिको लागि तथा संस्कृति, परम्परा, खेलकुद, सबलीकरण जस्ता धेरै क्षेत्रमा काम गर्नको लागि यो संस्था खडा भएको भन्दै अध्यक्ष घिमिरेले सबै नेपाली सामजिक संस्थाहरुसँग मिलेर समाजको हीतको लागि काम गर्न सधैँ अगाडि हुने दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ