arrow

सहनशीलता नअपनाए कांग्रेसको औचित्य समाप्त हुन्छ : शेखर कोइराला

नेताको सम्पत्ति छानबिन गर्न छानबिन समिति आयोग गठन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
shekhar-koitala=congress-meet.JPG

काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए कांग्रेसको औचित्यसमेत समाप्त हुने बताएका छन् । मंगलबार कांग्रेस पूर्व जिल्ला सभापतिले बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा कोइरालाले यस्तो बताएका हुन् ।   “जता हेर्‍यो त्यतै भ्रष्टाचार भएको देखिन्छ, भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए कांग्रेसको औचित्य समाप्त हुन्छ”, उनले भने । फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको उनको भनाइ थियो । 


उनले पार्टी रूपान्तरणका सिलसिलामा आएका सुझावलाई कार्यान्वयन गर्न सके पार्टी झन् बलियो हुने बताए। नेता डा कोइरालाले कांग्रेसलाई विधानअनुसार अगाडि बढाउन सके पार्टीभित्रको चुनौती कम हुँदै जाने उल्लेख गरे । नेता डा कोइरालाले केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रूपमा चलाउने विश्वास व्यक्त गरे । 

कांग्रेस उपसभापति धनराज गुरुङले उच्च तहका नेताको सम्पत्ति छानबिन गर्न छानबिन समिति आयोग गठन गर्ने बताए । उनले भ्रष्टाचारका ठूलाठूला फाइल खोल्दै अनियमितता गर्नेलाई कानूनी कठघरामा उभ्याइने बताए । “राम्रो काम गर्दा मन्त्री पद गए जान्छ तर निष्ठा, विचार र सिद्धान्त छाड्दिन”, उनले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ