- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एथेन्स । ग्रीसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ । सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ । मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो। सोही क्रममा विमानको पखेटा रुखमा अड्कियो । केही समयपछि विमान जमिनमा खस्यो, आगो लाग्यो ।
हाल ग्रीसको जंगलमा लागेका कारण हजारौं मानिसहरू विस्थापित हुन पुगेका छन् । ग्रीस सरकारले स्थानियलाई स्थानान्तरण गरेर जंगलमा लागेको आगो निभाउनका लागि सम्पूर्ण प्रयत्न जारी राखेको जनाएको छ ।