arrow

नारा ठीक भएर भएन, पारा ठीक हुनुपर्‍यो (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
ravi-nara.JPG

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नारा ठीक भएर नहुने पारा ठीक हुनुपर्ने बताएका छन् । 

रास्वपामा आबद्ध हुने कार्यकर्तालाई निर्देशन दिँदै उनले यस्तो निर्देशन दिएका हुन् । 

उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको बताए । 

उनले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको जिकिर गरे । 

उनले मिसन ०८४ सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै सफल हुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ