arrow

प्रज्ञापारमिता पुनःलेखन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
Pragyaparamita.jpg

ललितपुर । ललितपुरको हिरण्यवर्ण महाविहारमा दैनिक रुपमा वाचन गरिने प्रज्ञापारमिता ( बुद्ध धर्म ग्रन्थ ) को जीर्णद्धार तथा पूनरलेखन कार्य संचालन भइरहेको छ । हरेक ३—३ मा आउने मलमास वा पुरुषोत्तम मासको एक महिना अवधि भर सो कार्य संचालन गर्ने गर्दछ ।

बौद्ध धर्मको महायान सम्प्रदायसँग सम्वन्धित सो ग्रन्थमा बुद्धत्व प्राप्तीका सिद्धान्तहरु र भगवान बुद्धसँग सम्वन्धित विभिन्न प्रसंगहरु समावेश रहेको लेखन कार्यमा संलग्न हेमरत्न बज्राचार्यले बताए । सुनको धुलोमा प्राकृतिक गमको प्रयोग गरि प्रज्ञापारमिताको जीर्णद्धारकार्य भइरहेको छ ।

३०० पेज र ८ हजार श्लोक रहेको सो प्रज्ञापारमितालाई अष्टश्राशिकासमेत भनिने गरिन्छ । खाना खाए पश्चात लेख्न नहुने भएकाले दैनिक ८ः३० देखि ११ः३०, १२ बजेसम्म लेखन कार्य गरिन्छ ।

सो कार्यमा हेमरत्न बज्राचार्यसँगै अन्य ६ जना सुरेश बज्राचार्य, अष्टमान शाक्य, सुदन शाक्य, किरण शाक्य, दिनेश शाक्य र सुमेद शाक्यको सहभागीता रहेको छ ।

 

_MG_0160.jpg
_MG_0145.jpg
_MG_0173.jpg
_MG_0189.jpg
_MG_0141.jpg
_MG_0143.jpg
_MG_0171.jpg
_MG_0159.jpg
_MG_0181.jpg
_MG_0196.jpg
_MG_0199.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ