arrow

सुन प्रकरणले गर्दा बस्न सकेन प्रतिनिधि सभा बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
Parliament_building-1619601493.png

काठमाडौं ।  सङ्घीय संसद अन्तर्गतको आज बस्ने भनेको प्रतिनिधि सभा बैठक शुरु हुन सकेन । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सभामुख देवराज घिमिरेसँग छलफल गरेसँगै बैठक बस्ने सहमति नजिक पुगेर सञ्चालन हुने निश्चित जस्तै हुँदै गर्दा अवैध सुन प्रकरणमा छानबिनका लागि उच्चस्तरीय समिति गठन नगरेसम्म बैठक चल्न नदिने भएपछि डेढ घण्टा ढिला गरी बैठक स्थगित भएको हो ।

 आजको बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने साथै  राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने प्रमुख कार्यसूची थिए । 

सूचना टाँसेर मंगलबारलाई सारियो प्रतिनिधि सभा बैठक

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ