arrow

टेबल ठोक्ने ठाउँ संसद् मात्रै : रवि लामिछाने

सुन काण्डमा निष्पक्ष छानबिन हुनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
rabi-lamichanee.JPG

काठमाडौं । सय किलो सुन काण्डमा मिलेमतो देखिए पनि को कसको मिलेमतो छ भन्ने कुरा निष्पक्ष छानबिन हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् । चितवन पुगेर लामिछानेले सुन प्रकरणका विषयमा आवश्यकताका आधारमा उच्चस्तरीय छानबिन समिति र संसदीय समिति बनाउन सकिने बताएका हुन् । 

सरकारका काम सुरुआतमा राम्रो भएको तर गतिविधिमा शङ्का उत्पन्न भएको भन्दै उनले मन्थन गर्ने, प्रश्न र जवाफ माग्ने  र टेबल ठोक्ने ठाउँ संसद् मात्रै भएको बताए । सभापति लामिछानेले संसद्मा महत्त्वपूर्ण ऐनहरू अड्केर बसेको भन्दै जनजीविकाका सवालमा संसद्बाट महत्त्वपूर्ण निर्णय गर्नुपर्ने आवश्यकता रहेको बताए । 

सभापति लामिछानेले संसद् अवरुद्ध गरेर राजनीतिक निकास ननिस्कने बताए ।  उनले भने, “पछिल्ला घटनाका विषयमा संसद्मा पर्याप्त छलफल हुनुपर्छ, सरकार र गृहमन्त्रीले दिने जवाफ चित्त बुझ्दो नभए निकास खोज्नुपर्छ ।” रास्वपाले संसद्को बैठकमार्फत सरकारलाई प्रश्न गर्न चाहेको भन्दै उनले सबै कुरा संसद्मै छलफल हुनुपर्ने धारणा बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ